UUHO को चेतावनी, भाईरलबाट भाईरस सर्दै !
प्रकाशित मिति: 19 December, 2024 4:34 pm
‘सोसल मिडिया’ न्युज, फोटो तथा भिडियो पत्याईहाल्नुअघि, शेयर गर्नुअघि र कमेन्ट ठोक्नुअघि यी दशवटा काम गर्ने गर्नोस्-
१. त्यो सत्य वा झुठो हुने सम्भावना फिप्टी फिप्टी छ ।
२. फोटोसप वा अन्य ईडिटिंग टुल्सले सांच्चैकोजस्तो बनाउन सक्छन् ।
३. एआईले मान्छेले भन्दा राम्रो भिडियो बनाउन सक्छ ।
४. डिपफेक टुल्स प्रयोग गरेर जो कसैको नांगो भिडियो तयार हुनसक्छ ।
५. पैसा तिरेर ‘पेड न्युज’ लेख्ने/लेखाउने कुप्रथा उहिल्यै देखिको हो ।
६. ‘मिडिया ट्रायल’का लागि जस्ले, जस्लाई जे पनि भन्न सक्छ ।
७. जे सुकै समाचार बिस्वास मानिहाल्ने बानीले आफैंप्रति बिस्वास घट्न थाल्छ ।
८. झुटो बोल्नु पाप हो ।
९. झुठो पत्याउनु महापाप हो ।
१०. झुठो शेयर गर्नु श्राप हो ।
त्यसैले सामाजिक सनजालमा पस्किएका परिकारहरु छानेर, धोएर, उसिनेर, पकाएरमात्र खानुहोला । अन्यथा समाजको सामाजिक स्वास्थ्य र तपाईंको मानसिक स्वास्थ्यलाई रामराम भन्न सकिन्छ, आराम भन्न सकिन्न ।