बिचौलियाग्रस्त क्षेत्र !

प्रकाशित मिति: 4 December, 2024 8:17 pm

बिचौलियाले बिचरा प्रहरीलाई पनि वाक्क पारेका रहेछन् । यो तिनकुने प्रहरी बिट बाहिरको बोर्ड हो । यहाँ लेखिएको छ- ‘बिचौलिया बर्जित क्षेत्र ।’ अगाडी लेखिएको छ- ‘प्रहरी सेवा लिएको कुनै शुल्क लाग्दैन । यदि कसैले बिचौलियाको काम गरि आर्थिक लाभ लिन खोजेमा तत्काल कार्यालय प्रमुख वा ड्युटी अफिसरलाई खबर गरौँ ।’

बिचौलिया कहाँ छैनन् । फाईल बढाउने बिचौलिया, फाईल लुकाउने बिचौलिया, नियुक्ति दिलाउने बिचौलिया, सरुवा मिलाउने बिचौलिया ।

मन्त्री बनाउने, सचिब मिलाउने, नेता पाल्ने, सरकार ढाल्ने सबैतिर बिचौलिया । यहाँसम्म कि बिचौलिया – बिचौलिया जुटाउने पनि बिचौलिया, फुटाउने पनि बिचौलिया ।

यस्तो बोर्ड प्रहरी कार्यालयमा मात्र होईन, मन्त्री क्वाटरदेखी नेता निवाससम्म राख्नुपर्छ । संसद भवन बाहिरपनि बिचौलिया निषेधित क्षेत्र घोषणा गर्नुपर्छ । सिंहदरबार भित्र पनि बिचौलिया बर्जित क्षेत्र बनाउनुपर्छ ।

मुख्य कुरा, यस्ता बोर्ड सडक भित्तामा होईन, बिचौलियाको निधारमा टाँस्न सक्नुपर्छ ताकी सेवाग्राही बिचौलियाबाट जोगिन सकोस् । नत्र चांडै बिचौलियाग्रस्त देश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com