यो जीत कसको ? उपनिर्वाचनको गजुरियल समिक्षा !

प्रकाशित मिति: 3 December, 2024 11:36 am


निर्वाचनको नतिजापछि बिभिन्न दल आ-आफ्नै तालमा मादल बजाउँदैछन् । उनिहरुको ताल यस प्रकार छ :
-केही सिट ल्याउने कांग्रेस भन्छः ‘यो लोकतन्त्रको जीत हो ।’
-अलि कम सिट ल्याउने एमाले भन्छ : ‘यो समृद्धिको संकेत हो ।’
-अलिअलि जित्ने माओवादी भन्छ: ‘यो जनयुद्धको बिजय हो ।’
-एक सिट ल्याउने रास्वपा भन्छ : ‘यो पुराना दलप्रतिको विद्रोह हो ।’
-सिटै नल्याउने राप्रपा भन्छ- ‘यो दलीय व्यवस्थाका बिरोधीको जीत हो ।’

आखिर जीत कसको हो त ?

जनताको ?

-अहँ, होईन । जनताको जीत हुँदो हो त एउटा पेट भर्न बिदेशमा प्लेट माझ्नु पर्ने थिएन ।

-लोकतन्त्रको जीत हो भनौं भने न तन्त्रबाट लोक खुशी छ, न लोकबाट तन्त्र खुशी छ ।

-समृद्धिको जीत हो भनौं भने झोलुंगेपुल भत्किएर जनता मरिरहेकाछन् ।

-जनयुद्धको जीत भनौं भने आधार ईलाकामै हारेकाछन् ।

-पुराना दलप्रतिको बिद्रोह मानौं भने धेरै स्थानमा जमानत जफत भएको छ ।

-ब्यवस्था बिरोधीको जीत ठानौं भने धेरै ठाउँमा ब्यवस्था पक्षधरले जितेकाछन् ।

वास्तवमा,
यो नतिजा न कांग्रेसको जीत हो, न एमालेको, न माओवादीको, न रास्वपाको, न राप्रपाको । यो जीत केवल चुनावी नाराको हो । सुनामी पाराको हो । यो बुझाई मेरोमात्र होईन, नेपाली साराको हो ।

जनताको पीर उही छ । महंगीको तीर उही छ । नेताको भाषण उही छ । सत्ताको शासन उही छ । आखिर यसको कारण के हो ? को हो ? किन हो ? कहिलेसम्म हो ? मतगणना प्रकृया सकिएपनि प्रश्न गणना अझै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com