क्विन्टल काण्डका साना माछा र शरणार्थी काण्डका ठुला माछा !
प्रकाशित मिति: 20 July, 2023 5:04 pm
श्रीमान् गृहमन्त्रीज्यु,
सिंहदरबार, काठमाण्डौ ।
बिषय : एक क्विन्टल सुन सम्बन्धमा ।
महोदय,
शरणार्थी काण्डका टोप माछा, खाँड माछा र पाण्डे माछाहरूलाई नाङ्गै पारे जस्तै एक क्विन्टल सुन काण्डका शक्तिशाली गँगटाहरुलाई पनि सर्वाङ्गै पारेर जनताको मन जित्नोस्, चुनाव जित्न सजिलो हुन्छ ।
बोधार्थ
-महानिर्देशक, राजस्व अनुसन्धान विभाग तथा कर्मचारीहरु
-महानिरीक्षक, नेपाल प्रहरी तथा प्रहरी कर्मचारीहरु
-प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कर्मचारीहरु
-संवद्व तथा सरोकारवालाहरु