फोहोरको दुर्गन्ध : महानगर, प्रदेश, केन्द्रहुँदै दिल्लीदेखि बेईजिंगसम्म !
प्रकाशित मिति: 18 August, 2022 10:02 am
‘प्रधानमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘यो संघीय सरकारको काम होइन ।’
‘मुख्यमन्त्रीज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘यो प्रदेश सरकारको काम होइन ?’
‘मेयरज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘यो महानगरको काम होइन ।’
‘वडाध्यक्षज्यू ! हाम्रो फोहोर कहिले हट्छ ?’
‘हामीले त हटाउन खोजेकै हौँ ।’
‘तर, फोहोरमा धेरै राजनीति पस्यो ।’
‘फोहोर समस्या हैन, समस्या राजनीति हो ।’
‘राजनीतिज्ञज्यू ! कति दिन राखेपछि, फोहोर पनि राजनीति जस्तै मिठो बास्ना आउँछ ?’
‘यो कुरा फोहोर गर्ने जनतालाई सोध्नुपर्छ ।’
‘जनताज्यू ! कहिलेबाट यो फोहोर हट्छ ?’
‘फोहोर हटाउँछु भनेर चुनाव जित्ने नेतालाई सोध्नुपर्छ ।’
बल्ल थाहा भो ! हाम्रो फोहोर हाम्रो समस्या हैन ।
जोए बाएडेन्ज्यू !
नरेन्द्र मोदीज्यू !
सि जिङ पिनज्यू !
हाम्रो फोहोर कहिले हट्छ ?
जहाँ फोहोरभन्दा बढी
फोहोरका सरोकारवाला अधिकारी गनाउँछन् ।
त्यहाँ फोहोरको गन्ध आफैँ मन्द हुन्छ ।
फोहोर हटाएपछि
चुनावी नारा बन्द हुन्छ ।
त्यहाँ फोहोर किन हटाउनू ???
*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)