ईन्द्रेणी’का कृष्ण कँडेल ‘तिन्द्रेणी’मा, आलेको आवाज ‘क्यारिकेचर’ गर्ने काे काे हुन् ?!
प्रकाशित मिति: 15 February, 2022 1:24 pm
कृष्ण कँडेल पहिला सुबोधकहाँ पुगे । सुबोधले ‘त्यो आवाज’ आफ्नो नभएको प्रष्ट पार्दै भने- ‘भात खानलाई मुख छोड्नु परेको छैन । त्यसपछि दुबैजना मकहाँ आईपुगे ।
मैलेपनि सोझै अस्वीकार गरेँ- ‘मन्त्री त मपनि हुनसक्थेँ तर बाबुआमाले मुख छोड्नु हुन्न भनेर सिकाईदिए !’ सुबोधले बोलेको हैन, मैले भनेको हैन, मन्त्रीज्युले छाडेको हैन । अब त्यो आवाज कस्ले क्यारिकेचर गरेको होला त ?
अब हामी तिनैजना धुर्मुस, राजा राजेन्द्र, दिनेश काफ्ले, सुमन कार्की लगायतलाई भेट गर्न जाँदैछाैँ । बेलुकासम्ममा केही पत्ता लाग्ला कि !!