विद्यार्थीले शिक्षकलाई यसरी विज्ञान पढाए ! Joke of the day
प्रकाशित मिति: 16 December, 2020 9:49 am
रमेश : सर, रोहनको ह्याण्डराइटिङ देख्दा मलाई दिक्क लाग्छ !’
शिक्षक :‘ह्याण्डराइटिङ उसको कमजोर हुँदा तिमीलाई किन दिक्क लाग्नु ?’
रमेश :‘परिक्षामा मेरो ठिक अगाडीको डेस्कमा बस्ने उ नै भएर सर !’
*****
दुलाहा : ( नव दुलहीसँग ) ‘विवाह अघि मेरा धेरै प्रेमिका थिए, यो कुरा थाहा पाएर नरिसाउ है !’
दुलही : ‘किन रिसाउनु र, हाम्रो चिना मिलेको छ भने चरित्र नमिल्ने कुरै भएन क्यारे !’
*****
साइन्स शिक्षकले रोहनलाई कक्षामा उँघिरहेको देखेपछी…
शिक्षक : ‘रोहन, तिमी कक्षामा निधाउन लागेका हौ ?’
रोहन : ‘होइन सर, गुरुत्वआकर्षणले शीर झुकेको मात्र हो !’