आजका रमाइला चुट्किलाहरु Joke of the day
प्रकाशित मिति: 6 December, 2020 10:29 am
रुमा हातमा एउटा कागज बोकेर औषधि पसलको भिंड नहटुन्जेल पर्खिएपछी…
पसले : ‘भन्नुस् त,तपाईँलाई के दिउँ ?
रुमा : ( पट्याएको एउटा कागज दिंदै ) ‘पढिदिनु न !’
पसले : ‘पढी भन्ने कुनै औषधि नै हुँदैन !’
रुमा : ‘मेरो हुनेवाला पतिदेव डाक्टर हो । उनको प्रेमपत्र नबुझेर पढिमाग्न ल्याएको क्या !’
******
रोहन र सोहन कुराकानी गर्दैगर्दा….
रोहन : ‘मेरो बुबा हार्मोनियम बादक हो । वहाँले बजाउन थाल्नु भयो भने कोहि हल्लिदैनन्, सुनेर बस्छन् !’
सोहन : ‘ए, मेरो बुबाले बजाउनु भयो भने त सबै झोला बोकेर दौडिन्छन् !’
रोहन : ‘के बजाउनु हुन्छ र ?’
सोहन : ‘स्कुलमा छुट्टीको घण्टी !’
*******
कसैले ढक्ढक्याएपछि रीता ढोका खोल्छिन र मज्जाले हाँस्न थालेपछी…
पाहुँना : ‘यसरी किन हाँस्यौ नानी ?’
रीता : साँझमा कुनैपनी संकट देखापर्यो कि हाँसेर उडाउनु भन्ने सुनेकी थिए त्यसैले !