ज्वोरोना र कोरोना चेपुवामा दशैँ !
प्रकाशित मिति: 25 October, 2020 12:06 pm
लेखा समितिलाई अख्तियारको जवाफ – मिश्रका कारण गोकुल बास्कोटामाथिको छानबिन रोकियो
अनुसन्धान घिउ बेचुवा र तरबार बेचुवाको चेपुवामा परेको आशंका !
अमेरिकाको राष्ट्रपति निर्वाचन : नेपाल नीतिमा परिवर्तन आउला ?
दुई चारजना बढीलाई डिभी चिट्ठा आउला, राम्रा मान्छेहरुको ब्रेन ड्रेन गराउला !
पचली भैरवलाई कुमारीसँग भेट गराइयो (फोटो फिचर)
भैरव र कुमारीले आपसमा हेराहेर गरे तर चुइँक्क बोलेनन् !
कर्णालीमा ओली पक्षको हार, माधव नेपाललाई फकाउने प्रयास पनि असफल
टंकी हानेर गोटी छिराउने बानी परेका नेताहरु छन्, भन्न सकिन्न ।
स्वस्थ रहन मासुको सेवन यसरी गरौं
हुनेले सिङ्गै खसी भ्याउँ, नहुनेले झिंगा भन्केका, बासी थन्किएका भएनी ल्याउँ !
नेपाली कम्निस्टहरु सत्तासुखको वेदीमा आफ्ना यावत संकल्प र वाचालाई बलि चढाउँछन्
कम्युनिष्ट आदर्श सत्ता प्राप्तीको बलियो अश्त्र बन्दै !
सरकारले हात झिकेको भन्दै कोभिड–१९ व्यवस्थापनमा जुट्यो काँग्रेस
बिपी स्वास्थ्य प्रतिष्ठानमा रु ६० हजार धरौटी राखेर मात्र सङ्क्रमितले भर्ना पाउने !
कर्णालीको नजिरले प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्रीहरूको कुर्सी जोखिममा
लहरो तान्दा पहरो गर्जन्छ भन्ने कुरा बुझ्नु पर्यो नि !
पर्सामा नेकपा कार्यकर्ताबीच कुटाकुट, आठ घाइते
कुटाकुटको कारण : कमाउनिष्ट संगठनमा समान सहभागिता सम्वन्धी विवाद हुनसक्ने !
ट्रम्पका सुरक्षा सल्लाहकार भन्छन्- चीन शताब्दीकै खतरा हो
अमेरीकी अहंकारका निम्ति मात्र !
धमाधम दशैं भत्ता फिर्ता गर्दै गण्डकीका सांसद, जसपाको बाँकी
फिर्ता गरेकोमा माननीयहरुको दशैँ घरझगडामा परिणत हुने खतरा !
कस्ता छन् त कलाकारका दसैँ योजना ?
अक्टोवरमा अमेरीका, नोवेम्बरमा नर्वे भन्ने दिन सक्किगए, घरभित्रै थन्किने !
ओली–प्रचण्ड ‘रिलेसन’– न सम्बन्ध, न सम्बन्धविच्छेद !
अब नेकपा एकपा हैन, दुकपा हुने भो !
प्रधानमन्त्रीले किन भेटे ‘र’ प्रमुखलाई ?
र-हरले ? र-माईलोको लागि ? र-जगज गर्नलाई ? र-णनीति हो, र-क्तपातको सम्भावना ? र-फुचक्कर होला !
डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद सहित Thank You Very Much.