ल हेर्नुस, शशी भाउजुको बठ्याँइ ! Joke of the day
प्रकाशित मिति: 11 October, 2020 9:31 am
शिक्षक : ( साइन्स कक्षा मा ) ‘रामु, आकाशतिर फालेको बल के कारणले पुन: तलै झर्छ, भन त ?’
रामु : ‘आकाशमा खेलाडी नभएकाले सर !’
@@@@
डाक्टर : ( विरामीसँग ) ‘के हुन्छ भन्नुस् त ?’
विरामी : ‘मलाई कलेजो दुखेको महशुस हुन्छ डाक्टर सा’व !’
डाक्टर : ‘तपाईँ अल्कोअल पिउनु हुन्छ ?’
विरामी : ‘भैहाल्छ नि ! साँझ परेकै छैन, अलीसानो पेग वनाऔँ है !’
@@@@
शशी : ( पतिसँग ) ‘सुन्नु न, तपाईको रातो कलरको सर्ट मैंले स्त्री गर्दा जल्यो नि !’
पति : ‘ ए, केहि फरक पर्दैन, मसँग त्यस्तै अर्को पनि सर्ट छ !’
शशी : ‘म लाटी छु र ? मलाई पहिल्यै थाह थियो, त्यसैले मैंले त्यसलाई काटेर डढेको सर्ट टालि सकें !’