कुकुरको इमान्दारीता यस्तो हुन्छ ! -आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 16 August, 2020 9:57 am
रोहन कुकुर किन्न डग क्यानल पुगेपछी….
रोहन : ‘साहुजी, यो कुकुर कतिको इमान्दार छ ?’
साहु : ‘चिन्ता लिनै पर्दैन । यो अति इमान्दार छ !’
रोहन : ‘इमान्दार हुनुको विशेषता ?’
साहु : ‘यसलाई मैंले तिन पटक बेचिसकेँ ! तर इमान्दारी पुर्वक फर्किएर आइहाल्छ !’
——————————
बस एक्सिडेन्ट मा घाइते बिरामी अस्पतालमा उपचार गर्दै गर्दा …
डाक्टर : ‘तपाईँ अब त ठिक भइसक्नु भयो । फेरी किन डराई रहनुभएको छ ?’
विरामी : डा’ साव, जुन गाडीले मलाई ठक्कर दियो त्यसको पछाडी लेखेको थियो – ‘फेरी भेटौँला !’
——————————
जीवनले रुखमा चढेर इन्जिनियरिङ कलेजतिर हेरिरहेको देखेपछी…
रोहन : ‘रुखमा चढेर के हेरिरहेको यार ?’
जीवन : ‘विवाह गर्नु छ, इन्जिनियरिङ कलेजका कन्याँहरु हेरेको !’
रोहन : ‘त्यसोभए अब हात छोड्दे, अस्पतालका नर्सहरु हेर्न पुग्नेछस् !’
—————————-
प्रेमी : ‘अचम्म भयो नि यार ! अाज राती सपनामा एउटी केटी मेरोमा अाएकी थिइन् !’
प्रेमिका : ‘सायद एक्लै आएकी थिइँन होल ?’
प्रेमी : ‘तिमीलाई कसरी थाहा भयो ?’
प्रेमिका : ‘किनकी उनका पति मेरो सपनामा आएका थिए !’