मागेको केकले बर्थडे मनाउने भिखारी ! – तपाईंको मन हँसाउने चुट्किलाहरु
प्रकाशित मिति: 9 August, 2020 11:00 am
रोहनले रेष्टुरेन्ट गएर रोटी अर्डर गर्यो । वेटरले केवल रोटी मात्र ल्याएर दिएपछी…
रोहन : ‘रोटी टुक्र्याएर खाली प्लेटमा चोब्दै खाँदै गर्छ !’
वेटर : ( अचम्म मान्दै ) ‘सर, मैंले तरकारी ल्याएकै छैन,
तपाईँ रोटी के सँग चोब्दै हुनुहुन्छ ?
रोहन : ( आफ्नो बँचाउ गर्दै भन्छ ) ‘म म्याथको टिचरर हुँ । मैंले मानिलिएँ कि यहाँ तरकारी छ !’
——————————
सन्त : ( ५ कक्षामा पढ्ने छोरासँग ) ‘छोरा तिमी इतिहासमा किन फेल भयौ ?’
छोरा : प्रश्न धेरै पुराना भएर बुबा ! जुन म जन्मिनुभन्दा अगाडीका थिए !’
——————————
भिखारी : ‘आमा, यो गरिवलाई एउटा केक दिन सक्नु हुन्छ की ?’
आमा : ‘रोटीले चल्दैन र, किन केक नै ?’
भिखारी : ‘सधैँ त चल्थ्यो, आज मेरो बर्थडे भएर हजुर !’
फोटो सभार : सामाजिक सन्जाल