ईन्डियन ‘फेकन्युज’को बिरुद्ध नेपाली ‘केकन्युज’ ! Headline Humor
प्रकाशित मिति: 9 July, 2020 12:32 pm
ठगी र सिन्डिकेटमा मुछिएकाहरू भित्रिए वैदेशिक रोजगार बोर्डमा
यसै त बाँदर, त्यसलाई पनि लिस्नु लगाईदिएपछी के चेप्टिने नै भयो नि !
कांग्रेसको महाधिवेशन कार्यतालिका : निर्णय गर्नेहरू नै विश्वस्त छैनन्
अर्थात् कार्यतालिका अब ‘बाच्यतालिका’ मा नै सीमित हुने सम्भावना बढ्यो !
माधव पक्षको शंका : बालुवाटारमा फेरि चोचोमोचो…
अर्थात् केपीको ‘चोचो’ र प्रचण्डको ‘मोचो’ मिलेपछी होचो माधवको मुखमा घोचो !
प्रदर्शनको सिर्जनात्मक शैली: बेसार, कविता र सुट पाइन्ट
बिरोधमा देखिएको नयाँ हाउभाउ, सडकबाटै चाँडै लोकप्रिय हुने दाउ !
बहुविवाहका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
जेलमा खाना ल्याउने छोरो हुर्काएर मात्र आत्मसमर्पण गरेको होला !
ओली, प्रचण्ड-नेपाल पक्षका तर्क बटुलेर गाउँसम्मै नेकपा कार्यकर्ता विभाजित
‘गुट नै बल हो, एकता छल हो ।’ – नेकपा (गुटाले)
‘नेकपामा अस्थायी युद्धविराम’, छलफल अब ‘नयाँ ढाँचामा’
नयाँ ढाँचा हैन, अब सिधै नयाँ ढिच्याउँ होलाजस्तो छ ।
भारतीय मिडियाद्वारा प्रधानमन्त्री ओली चिनियाँ राजदुत यान्छीको फोटो दुरुपयोग गरेर अश्लील र भद्दा मजाक
‘फेकका जवाफ देख’ भनेर उर्लिनु पर्ने बेलामा नेपाली मिडियाहरु बेपत्ता !
ईन्डियन फेकन्युजको दर्हो जवाफ दिनुपर्ने बेलामा नेपाली मिडिया के गर्दैछन् ?
फेकन्युजको जवाफ कसरी दिने भनेर सोध्दै होलान् ! सजिलो छ- फेकन्युज भर्सेज केकन्युज ! काट्नु पर्यो क्या केकजस्तै फेकलाई पनि !