रिमेक जोक :अजब प्रश्न, गज्जब उत्तर !
प्रकाशित मिति: 2 June, 2020 7:50 am
शिक्षक : ( बिद्यार्थीसँग ) ‘रोहन, म तिमीलाई केही शब्द दिन्छु, जसवाट अर्थ खुल्ने गरी वाक्य बनाउन सक्छौ ?’
रोहन : ‘अवस्य सर ! पहिला शब्द त भन्नुस् ।’
शिक्षक : ‘अल्छी, लुच्चापन, भय र मृगतिष्णा आदी ।’
रोहन : शब्दका अर्थ यस प्रकार छन्, सर ।
अल्छी त्यो हो – निन्द्रा पुगिसके पछिपनी ओछ्यानमा लडेर खुट्टाको बुढी औँठाले सिरक हल्लाउँदै उठ्न लागेको नाटक गर्नु !
लुच्चापन त्यो हो – रेस्टुरेन्टमा गएर इलित्त हुन्जेल रक्सी पिउने र अन्तिममा क्यसियरसँग काउनटर प्याक माग्नु !
भय भनेको त्यो हो – बाहिर निस्किने बेलामा ढोकामा ताला लगाइसकेपछी पनि झुण्डिएको ताललाई एकपटक तानेर मन बलियो बनाउनु !
मृगतृष्णा भनेको त्यो हो – जुस सकिएको फ्रुटीको बट्टामा पनि पाइप लगाएर हावा तानेर फुलाउने, सुकाउने कार्य गर्नु ।