हाम्रो मति यस्तै रहे कोरोनाको ‘पराकम्पन’ आउन सक्छ…
प्रकाशित मिति: 17 May, 2020 3:30 pm
– सि.आर. अधिकारी
मानिस भन्ने प्राणी बडा बिचित्र,
हात, खुट्टा, नाक मुख शरीर सचित्र,
छैन कतै भ्रम देखिन्छ स्पष्ट,
अलिकति पनि फरक पर्दैन,
मान्छे जस्तै देखिन्छ दुरुस्त ।
तर चित्रमा जति प्रष्ट छ,
चरित्रमा त्यति अस्पष्ट छ,
यसका अस्पष्टता पूरै छरपष्ट छ,
दम्भ र घमण्डको धनी ,
रिसको पोको र पैसाको भोको पनि,
इर्श्या, डाहा र रिसको गति,
देख्नै हुन्न अरूको प्रगति र उन्नति,
बल्छ, जल्छ र चल्छ छटपटी ,
रापले पोल्छ मन भतभती ।
कस्तो अचम्म, देख्छ अरुको खुसी,
बनाउँछ आफुलाई दु:खी,
पराईले हास्तै दाँत देखाउँछ,
मान्छेले टाउको आफ्नो दुखाउँछ,
कपाल झार्छ, तालुखुइले बनाउँछ,
अर्काको सुखको राप र तापले,
आफैलाई खरानी बनाउँछ |
तेति मात्र कहाँ हो र,
मिठो मसिनुअाफैं खाउँ भन्छ,
राम्रो जति आफैं लाउँ भन्छ,
मोज मस्ती अरुका लागि हुँदै होईन,
राम्रा सबै आफ्नै बनाउँ भन्छ,
यदि साँच्चै उसकै भए भने,
यो लोभी मनुवाले कसरि धान्छ ?
काम, क्रोध, लोभ र मोहको भोको,
कहिलै भरिन्न यसको डोको,
हे भगवान, जति हाल्दा पनि नभरिने,
कत्रो बनाई दियौ तिमीले पोको ?
साँच्चै बिचित्रको छ मान्छे,
हात, खुट्टा, नाक, मुख भएको,
खुट्टा, नाक र मुख त जनावरको पनि हुन्छ,
हुन सक्छ हात पाएर मान्छे भएको,
पुच्छर हराएर बढुवा पाएको |