एक रुपयाँमा खाना खुवाउने ठाउँको खोजी ! -रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 29 April, 2020 12:37 pm
नेता : ‘तपाईँहरु को हुनुहुन्छ ?’
मानिस : ‘हामीहरु किसान हौँ ।’
नेता : ‘अनि तपाईहरुका हातगोडा किन हिलै छन् त ?’
मानिस : दु:ख छ हजुर ! खेतमा हिलैहिलो छ, काम गरेर अाउँदैछौँ ।
नेता : धेरै दु:ख नमान्नुस् । अर्को बर्ष टायल ओछ्याउने ब्यबस्था मिलाउने छु !
——————————————————————–
बाबु : ( छोरासँग रिसाउँदै) ‘तैंले उल्लु देखेको छ ?’
छोरा : जत्ति देखेको छु ।
बाबु : ‘तेरो अनुहार ठ्यक्कै त्यस्तै छ !’
छोरा : बाबा, तपाइँ भ्रममा हुनुहुन्छ ! अामाले भन्नु भएको , म काटीकुटी तपाई जस्तै छु रे !
————————————————————————————
भिखारी : दाजु, म तिन दिनदेखी भोकै छु । खाना खान एक रुपियाँ दिनु न ।
मानिस : म तिमीलाई दश रुपैया दिन्छु । तर, पहिला एक रुपयाँमा खाना खुवाउने ठाउँ देखाउ त !