पढ्नुस, आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 16 April, 2020 11:17 am
रोहन : ‘साजन, यदि तिमी हिँड्दैगर्दा सडकमा एउटा पचास र एउटा सयको नोट देख्यौ भने कुन नोट टिप्छौ ?’
साजन : ‘म बेबकुफ छु र ! म त सयकै नोट टिप्छु । अनि तिमी नि ?’
रोहन : म तिमी जस्तो बुद्दु होइन । म त दुईवटै नोट टिप्छु !
=============================================
प्रेमिका : (प्रेमिकासँग) ‘तिमी मलाई कति माया गर्छौ ?’
प्रेमी : ‘धेरै, धेरै, धेरै माया गर्छु ।’
प्रेमिका : ‘यदि म मरेँ भनि रुन्छौ त ?’
प्रेमी : ‘अवश्य रुन्छु ।’
प्रेमिका : ‘ल रोएर देखाउ त हेरौँ !’
प्रेमी : ‘पहिला तिमी मरेर त देखाउ न त !’
=======================================
आमा : ‘कृती, किचनबाट सानो प्लेट लिएर आउ त ।’
कृती : ‘ममी, मैले त सानो प्लेट नै देखिँन ।’
आमा : ‘ग्यास बालेर तिम्रो मोबाइलमा जलाउ, अनि देख्नेछ्यौ !’