दुई रुपयाँमा ज्यान फाल्ने लोभी ! -आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 11 April, 2020 8:14 am
जुनेली र साजनले अाफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नेबारे कुराकानी गर्दैगर्दा…
जुनेली : ‘साजन, अब तिमीले मेरा बुबासँग कुरा गर्ने आँट गर्नै पर्छ ।’
साजन : ‘तिमी भन्न सक्छ्यौ, कुरा गर्ने उपयुक्त समय कुनबेला हो ?’
जुनेली : ‘अवस्य सक्छु । बुबाले जुत्ता नलगाएको बेला हुनुपर्छ !
_=====================================
रोहन प्रहरीमा भर्ना हुँन मौखिक परीक्षामा सामेल हुँदैगर्दा
परिक्षक : ‘रोहन भन त, ३+३ कति हुन्छ ?’
रोहन : ‘६, हुन्छ सर ।’
परिक्षक : अनि ४+५ जोड्दा कति हुन्छ ?’
रोहन : ‘ यसमा ९ हुन्छ ।’
परिक्षक : ‘त्यसोभए, ८+ ८ चाहीँ कति हुन्छ त ?’
रोहन : ‘सरी सर, मेरा हातमा १० वटामात्र औंला छन् !
==========================================
लोभीकी पत्नी : ‘सुन्नु न, अाज राती मैंले अनौठो सपना देखें नि !’
लोभी : ‘कस्तो सपना देख्यौ भन त ?’
पत्नी : ‘हामी बस चढेर यात्रा गर्दै थियौँ, अचानक बस नदिमा खस्यो ! त्यसपछी तपाईँ चिच्याई, चिच्याई केही खोज्दै हुनुहुन्थ्यो ।’
लोभी : ‘सायद तिमी कुन अवस्थामा छ्यौ भनेर खोज्दै थिएँ होला, हैन ?’
पत्नी : होइन । त्यो कण्डक्टर कहाँ गयो ? मेरो २ रुपियाँ फिर्ता लिनुछ भन्दै हुनुहुन्थ्यो !