तपाईंको मन हँसाउने चुट्किलाहरु
प्रकाशित मिति: 15 March, 2020 8:24 am
गुरु : ‘रोहन, तिमीलाई थाहा छ, हामी पानी किन पिउंछौं ?’
रोहन : ‘पानी चपाउँन नमिल्ने भएर पिउंछौं सर !’
—————————————————–
डाक्टर : ‘कहाँ दुख्छ, भन्नुस त ?’
बिरामी : ‘जाँच फि थोरै लिनेभए भन्छु, नत्र आफैं पत्ता लगाउनुस् !’
————————————————————-
श्रीमती : मैले हजुरको जन्मदिनमा खुशी भर्न राम्रा कपडा किनेकी छु नि !
श्रीमान : ‘तिमीलाई धन्यवाद । खै देखाउ त ?’
श्रीमती : ‘पर्खनुस है, मा लगाएर आउँछु !’