निर्जीव पंखा पनि भालेपोथी हुन्छन् ! – आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 11 March, 2020 7:40 am
डिङ्की निकै मोटी थिइन् । उनि गाउँबाट शहर आएर फिल्म निर्देशकलाई भेटेपछी
निर्देशक : ‘तिमी अभिनय गर्न सक्छ्यौ त ?’
डिङ्की : ‘सक्छु, तर मैले के गर्नु पर्छ ?’
निर्देशक : ‘बिस्तारै, बिस्तारै, पानीको पोखरीमा पस्नुपर्छ ।’
डिङ्की : ‘फिल्मको नाम चाहिँ के हो, डाइरेक्टर साब ?’
निर्देशक : ‘फिल्मको नाम, गयो भैँसी पानीमा !’
_______. ________. _______
शिक्षक : ‘रोहन, गर्मीमा प्रयोग गरिने भारतबाट अायातित् पंखा मेल हो कि फिमेल भन त ?’
रोहन : ‘कुरो क्लियर छ सर ! खेतान पंखा भए मेल, उषा भए फिमेल !’
_________ _________ ____________
भक्त : ‘बाबाजी, इन्जिनियरिङ गरेको छु । तर कुनै काम पाउँन सकिँन । कुनै उपाय छ कि ?’
बाबा : ‘बेटा, कुन इन्जिनियरिङ गरेकाछौ ?’
भक्त : ‘कम्प्युटर इन्जिनियरिङ बाबा जी ।’
बाबा : ‘चिन्ता नगर बालक, मैंले पनि इलेक्ट्रोनिक्समा एम इ गरेको छु !’