पतिले लिन लागेको बिष पत्नीले पिइन् ! – आजका चुट्किलाहरु
प्रकाशित मिति: 24 February, 2020 8:15 am
बाटोमा हिंड्दै गर्दा जिवनलाइ प्यास लागेछ । नजिकको एउटा घरमा एउटा सानो बच्चालाई देखेपछी ……
जिवन : “बेटा, बुबा घरमा हुनुहुन्छ ?”
बच्चा : “बुबा अफिस जानु भएको छ ।”
जिवन : “आमा कहाँ जानु भयो त ?”
बच्चा : “घाँस काट्न जानु भयो ।”
जिवन : दाजु- दिदी पनि छैनन् ?”
बच्चा : “खेल्न गएका छन् ।”
जिवन : (अलि झर्किँदै ) “तिमी पनि कतै जानु नि,के खान घर बसेका ?”
बच्चा : “म पनी त साथीको घर आएको हो नि, घरमा बसेको छु र !”
—————————————————————
दिनेश आफ्ना अगाडी एउटा कोकको बोटल राखेर निरास मोडमा बसेका थिए । ठिक यहि समयमा उनकी श्रीमति बाहिरबाट आएर बोटलको कोक घटघटी घुट्क्याई सकेपछी…….
पतितिर फर्किएर सोधिन् – ‘आज किन धेरै उदास देखिनु भएको छ ?’
पतिले मलिन स्वरमा भने – ‘हेरन, बिहान तिमीसँग झगडा भएकोले अफिस पुग्न ढिलो भयो ।
किन ढिला आइस भनेर हाकिमले जागिर नै खाइदियो । जागिर खोसिएपछी मलाई धेरै तनाव भयो । पिएर मर्नु पर्यो भनेर कोकमा बिष मिलाएको थिएँ, त्यो पनि तिमीले खाइदियौ !अनी कसरी खुशी हुनु प्रिया् ?’