सिजन यसकारण स्वर्ग गएनन् !
प्रकाशित मिति: 19 February, 2020 9:15 pm
- श्याम सर दुई कक्षाका विद्यार्थीलाई पढाउँदै थिए । ठट्टा गर्दै उनले विद्यार्थीलाई भने – स्वर्ग जान चाहनेले हात उठाउँनुस् ! त्यहाँ उपस्थित सबैले हात उठाउँदा सिजनले भने हात उठाएनन् । श्याम सरले पुन: सोधे – तिमीले किन हात उठाएनौ सिजन ? सिजनले जवाफ दिए – मलाई आमाले स्कुलबाट सिधै घर आइनस भने खुट्टा भाँच्छु भन्नु भएको छ !
—————————————————————–
- अदालतमा एउटा मुद्दामाथि बहस हूँदै थियो । पक्ष र विपक्षका वकिलबीच भनाभन सुरु भयो । पहिलोले भन्यो – तँ जस्तो गधा त आज सम्म मैले देखेकै थिएन ! दोश्रोले अझै जोडले भन्यो – तँ जस्तो गधा मैले पनि कहिल्यै देखेको थिइनं ! यतिकैमा न्यायाधीशले टेबल ठटाउँदै भने – अर्डर, अर्डर, सायद तपाईंहरुले भुल्नु भयो होला, म पनि यहाँ छु भनेर !