लोभका कारण औंला काट्ने पसले !
प्रकाशित मिति: 11 February, 2020 9:09 am
शिक्षिका : ‘हेर बाबु नानी हो, आफ्नो चरित्र ठिक राख्नु छ भने शिक्षिकालाइ आमा ठान्नु पर्छ ।’
श्वर्निमा : ‘माफ गर्नुस मिस, म त यस्तो गर्न सक्दिन !’
शिक्षिका : ‘किन त्यसो गर्न सक्दैनौ ?’
श्वर्निमा : ‘मेरा बुबाको चरित्र बेठिक हुन्छ !’
—————————————————
कलेजमा भेटघाट भएका युवा युवतीबीच प्रेमवार्तालाप हुँदैगर्दा…
युवा : ‘तिमी मसंग प्रेम गर्छ्यौ :’
युवती : अवस्य ! तर….
युवा : ‘तर के भन त ?’
युवती : ‘चालु प्रेम ब्रेकप भएपछी मात्र !’
————————————————–
एकजना लोभी दोकानेले ब्लेडले आफ्नो हात काटिरहेको देखेपछी….
पत्नी : ‘लौ न ! तपाईं यो के गर्दै हुनुहुन्छ ?’
पति : ‘डेटोलको बोतल फुट्यो, खेर नजावस भनेर !’ बरु लेउ तिम्रो पनि औंलो काटौं !