कार पार्किङ्ग अभाव भयो भने यसो गर्नुस् !
प्रकाशित मिति: 4 February, 2020 9:21 am
मिस : “निराजन तिमी भन्न सक्छौ, अामन्त्रण र निमन्त्रणमा के फरक छ ?”
निराजन : ‘अवश्य सक्छु मिस ।’
मिस : ‘ल भन त !’
निराजन : अाँपको रुखमुनि हुने सभाको लागि बोलाउँदा अामन्त्रण, निमको रुखमुनि बोलाउँदा निमन्त्रणा मिस !
————————————————————————————————————
बुलन्द प्रसादले पार्किङमा कार रोके र फटाफट दुईवटा चक्का खोलेर गाडीभित्र राखे ।
गाडी लक गरेर हिंड्नै लाग्दा उनका साथी मन प्रसाद टुप्लुक अएर सोधे – “दुइवटा चक्का किन लुकाएको यार ?”
बुलन्द ले भने – बोर्डमा लेखेको देख्नु भएन ? दुइ चक्के सवारीलाई मात्र अनुमति लेखिएको छ !