कोरोना भाइरसको भन्दा डर-त्रासको संक्रमण खतरा ! Real Kura By Dr.Rabindra Pandey

प्रकाशित मिति: 3 February, 2020 11:49 am

 

– सवा अर्ब जनसंख्या भएको चीनमा ३५० जनाको मृत्यु हुनु कम क्षति हो ।

-कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांश व्यक्ति बुढाबुढी, क्यान्सरजस्ता दीर्घ रोग लागेका तथा रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति छन् ।

– कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका बिरामीहरु सन्चो हुँदै फर्किने क्रम जारी छ ।

– कोरोना भाइरस कमजोर खालको भाइरस प्रमाणित भएको छ । यसको मृत्यु डर १-२ % मात्र छ ।

– यसको औषधि तथा खोपको लागि अनुसन्धान भइरहेको छ ।

– यो भाइरस गर्मी सुरु भएपछि नियन्त्रण हुने चीनको विश्वास छ ।

– कोरोना भाइरसको कारण सयौंको मृत्यु भयो, हजारौं संक्रमित भए तर करोडौं व्यक्तिहरु चिन्ताग्रस्त छन् ।

– कोरोनाले भन्दा कोरोनाको कारण भइरहेको चिन्ता, तनाब, असुरक्षा महसुसजस्ता मानसिक असरले दीर्घरोगी वृद्धि हुने तथा मृतकको संख्या बढ्ने देखिएको छ ।

– हामीकहाँ पाइने मास्कले कोरोनाको संक्रमण रोक्दैनन् । कोरोना भाइरस टाउको, मास्कको बाहिरी भाग, कपडा, झोला, जुत्ता, हात आदि हुँदै घरघरमा फैलिन सक्छ ।

– हाम्रा केहि बानीको कारण कोरोना संक्रमणको जोखिम उच्च छ । मान्छेतिर फर्केर खोक्ने, हाच्छ्यु गर्ने, औंलालाई मुख – नाक-आँखा-कानतिर लैजाने, हात नधोइ कानेकुरा समाउने-खाने आदि ।

– कोरोना संक्रमणबाट बच्ने एउटा उपाय छ, त्यो हो-खल्तीमा, ब्यागमा ह्याण्ड स्यानिटाइजर वा अल्कोहल कन्टेन्ट स्यानिटाइजर राख्ने, त्यसले पटक पटक हात सफा गर्ने । साबुन पानीले हात धोएर मात्र खाना खाने ।

                                                         -डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com