आजका चुट्किलाहरु : रोहनले भन्यो -‘चारको मृत्यू भयो !’
प्रकाशित मिति: 30 January, 2020 2:14 pm
सुदन ५० बर्षको उमेरमा केटी हेर्न गएछ । उसलाई देख्नासाथ केटीकी आमा बेहोस भइछन् ।
होसमा आउनासाथ छोरीले सोधिन् – ‘मम्मी के भयो ?’
आमाले भनिन् – ‘२० बर्ष अगाडी मलाई हेर्न पनि यहि मान्छे आएको थियो !’
————————————————————-
पहिलो पटक हवाजहाज चढेका पण्डित बाजेसंग एयरहोस्टेजको कुराकानी
एयरहोस्टेज : ‘सर,के लिनुहुन्छ ?’
पण्डित जी : ‘रोटी, पुरी, खिर, लड्डु र तरकारी !’
एयरहोस्टेज : ‘सर तपाईं सानमिगलको प्लेनमा हुनुहुन्छ, बुढा ससुराको श्राद्धमा होइन !’
———————————————————————-
शिक्षिका : ‘रोहन, एक देखि ५ सम्मका सबै अंक ल्र्खा त ।’
रोहन : ‘१, २, ३, ५ मीस ।’
शिक्षिका : ‘अनि ४ चाहिं कहाँ गयो ?’
रोहन : ‘कान्तिपुरका अनुसार त्रिशुलीमा बस दुर्घटना हुँदा ४ को मृत्यु भयो मिस !’