नो लाइट नो ब्रेक, डरले भागे ट्राफिक !- आजका चुट्किलाहरु
प्रकाशित मिति: 22 January, 2020 7:37 am
बिरुले आफ्नी गर्भवती पत्नीलाई अस्पताल लगेर भर्ना गरेपछी
डाक्टर : ‘तपाइंलाई बधाई छ ! तपाईंको घरमा छोरीको जन्म भयो ।’
बिरु : ‘डाक्टर सा’ब, यो कस्तो प्रबिधि हो ? श्रीमती अस्पतालमा, छोरीको आगमन घरमा !’
————————————————————-
एकजना पुलिस इन्स्पेक्टरका घरमा चोर पसेपछी
पत्नी : ‘उठ्नु न हजुर, चोर पसे जस्तो छ ।’
पति : ‘मलाई सुत्न देउ, ! यतिखेर म डिउटीमा छुइंन !’
————————————————————
ट्राफिक : ( सिटी बजाउँदै )’बाइक रोक्नुस्, तपाईंको हेडलाइटले काम गरेको छैन ।’
यात्रु : ( चिच्याउँदै ) ‘भाग्नुस्, भाग्नुस् मेरो त ब्रेकले पनि काम गर्दैन !”