तपाईंको भित्री मन हँसाउने दुइ चुटकिला
प्रकाशित मिति: 19 January, 2020 11:12 am
डाँडाघरे र गैराघरे दुइजना कान नसुन्ने दौंतरी थिए । एकदिन गैराघरेले बजार जाँदै गर्दा बाटोमा डाँडाघरेलाई भैंसी चाराउँदै देखेपछि
डाँडाघरे : ‘कहाँ जान लाग्नु भएको ?’
गैराघरे : ‘ बजार तिर हिंडेको !’
डाँडाघरे : ए, मैले त बजार जान लागेको पो ठानें !
गैराघरे : ‘अनि तपाईं यहाँ के गर्दौ हुनुहुन्छा ?’
डाँडाघरे : ‘के गर्नु र, यसै भैंसी चराउँदै छु ।
गैराघरे : ए, मैले त भैंसी चराउँदै गरेको पो ठानेंछु !
———————————————————
शिक्षक : ‘रोहन तिमी भन सक्छौ ? कबिता र निवन्धमा के फरक छ ?’
रोहन : ‘ उस्तै हो सर तर, पढ्ने मान्छेमा भर पर्छ ।’
शिक्षक : ‘भन त कसरी ?’
रोहन : गर्लफ्र्याण्डले पढे कबिता, श्रीमतीले पढे निवन्ध बन्छ सर !