तपाईंको मन हँसाउने तीनवटा चुट्किलाहरु
प्रकाशित मिति: 29 December, 2019 7:23 pm
गाउँमा एउटा मरेको हात्तीलाई हेर्दै रोहन रोएर बसेको देखेपछि………
बटुवा : किन रोएको बाबु ?
रोहन : हात्ती मर्यो, त्यसैले !
बटुवा : यसलाई तिमीले पालेको थियौ ?
रोहन : हैन, म बाहेक यसलाई गाड्न खाल्टो खन्ने कोहि छैनन्, त्यसैले !
———————————————————————–
टिचर : ‘सन्तोष, तिमीलाई तिम्रो बाबाले होमवर्क गर्न सघाउँनुहुन्छ ?’
सन्तोष : ‘ अहँ ! सघाउँनुहुन्न सर, पुरै आफै गरिदिनु हुन्छ !’
———————————————————————–
रोहन र रोजन खाजा खान गएछन् , पैसा तिर्नेबेला भएपछी
रोजन : (रोहनलाई ) ‘तिमी आज तिर है । तिम्रो छउन्जेल बाँडीचुंडी खाउँ ।’
रोहन : ‘अनि मेरो सकिएपछि नि ?’
रोजन : टेन्सन नलेउ न, आफ्नो आफ्नो खाउँला !