यती समुहलाई उती फाईदा…हेडलाईन ह्युमर ।
प्रकाशित मिति: 20 December, 2019 11:21 am
मृत्युदण्डअघि नै मुशरर्फको मृत्यु भए शव ३ दिन झुण्ड्याउन लाहोर उच्च अदालतको आदेश
यी न्यायाधीशको घरायसी झगडा हुनुपर्छ मुसर्रफसँग ।
नेकपा बैठकमा नेता नेपाल : ‘मसँग हिँड्नुस्, जनता के भन्छन् देखाउँछु ।’
हो- लि वाईन नखानोस्, नखुवाउनाेस् भन्छन् ।
विश्वका अन्य देशले भन्दा भारतले किन धेरै इन्टरनेट सेवा बन्द गर्छ ।
किनकी ईन्टरनेटले सरकार ढाल्ने खतरा हुन्छ ।
अमेरिकाबाट यो वर्ष मात्रै ११५ नेपाली निष्काशित
निस्कासितले भने- ‘हामी फर्किनुको कारण देश्प्रेम मात्र हो’
यति समुहलाई सरकारी जग्गा सस्तोमा दिईयो ।
कर्मचारीलाई खुवाएको कमिसनको हिसाब निकाल्नोस्, बराबरी हुन्छ ।