सरकारी अस्पतालमा खस्पताल, निजिमा बिजि !
प्रकाशित मिति: 15 November, 2019 8:04 am
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी पर्नेबित्तिकै लुगाफाटासहित आफ्नो जिम्मेवारी पनि प्याक गरेछन् ।
‘भक्तपुर नेकपाको अभेद्य किल्ला भइसक्यो’: डिपी ढकाल
तर नेपाल चाहिं नेपालीकै अभेद्य किल्ला हुन अझै बाँकी ।
सरकारीले फर्काएका बिरामीले भरिन्छन् निजी अस्पताल
आफ्नो देश आफ्नै सरकारको अस्पताल भनेर कर तिर्यो, पराइजस्तो निजीमा पठाइदिन्छन् ।
५० वटा अण्डा खाने बाजी, ४२ अण्डा खाँदा खाँदै गयो प्राण
४१औँ अन्डाको सेवनपछि ति नजन्मिएका चल्लाहरुका आत्माहरुले एकसाथ भने -‘अब चाँहीं अत्ति भो !’
महाभियोगबारे भएको सार्वजनिक सुनुवाइ ट्रम्पका लागि ‘ठट्टा’
ट्रम्पका लागि त उनको पद नै ‘ठट्टा’ हो, महाभियोग भए आफ्नो छवि ग्रेट अगेन बनाउन ‘ठट्टा’ले साथ नदेला !