उत्तर पुस्तिकामै बिताएछन् !
प्रकाशित मिति: 13 November, 2019 7:28 am
नर्सरी पढ्ने बच्चा र उनका बाबुबीचको कुराकानी…….
बच्चा : ‘बाबा, तपाईं अँध्यारोमा सही गर्न सक्नु हुन्छ ?’
बाबु : ‘सक्छु, तर किन ?’
बच्चा : ‘मेरो रिपोर्ट कार्डमा सही गराउनु पर्ने छ, त्यसैले !’
—————————————————————–
शिक्षिका : ‘रोहन, भन त न्युजपेपर र रेडियोमा के फरक छ ?’
रोहन : न्युजपेपरमा चिउरा पोको पार्न मिल्छ, रेडियोमा मिल्दैन मिस !
—————————————————————————————–
एकदिन नर्सरेको बच्चाले परीक्षाको उत्तर पुस्तिकामा सु सु गरेपछि
शिक्षिका : बाबु, किन यसरी कपीमा सु सु गरेको हँ ?
बच्चा : ममीले भन्नु भएको थियो – ‘पहिला जे आउँछ त्यहि गर्नु’ , त्यसैले मीस !