तपाईंको मन हँसाउने चुट्किलाहरु
प्रकाशित मिति: 12 November, 2019 9:42 am
नर्सरी पढ्ने बच्चाले आफ्नो रिजल्ट देखाउँदै आमालाई भन्छ…
बच्चा : ‘ ममी, मैले परिक्षामा १०० मार्क पाएँ नि ।’
आमा : ‘स्यावास छोरा ! भन त कुन बिषयमा पायौ ?’
बच्चा : अंग्रेजिमा ३०, नेपालीमा १७, विज्ञानमा २०, गणितमा ३० र सोसियलमा ३ !
रमण र उनकी नव प्रेमिका पार्कमा बसिरहेका बेला एउटा सुटर आएर पेस्तोलले हानेर प्रेमीकालाई मारे पछि…
रमण : ‘दाई, किन यिनिलाई मार्नु भयो ?’
सुटर : ‘यिनी मेरी पत्नी हुन, तिमीसँग बसेको देख्न सकिंन त्यसैले !’
रमण : ‘त्यसो भए मलाई मार्नु पर्थ्यो, किन उनलाई मार्नु भयो त ?’
सुटर : तपाईँ जस्ता अरु धेरैलाई काट्नु नपरोस भनेर जरै काटिदिएँ, टन्टै खतम !’
ReplyForward
|