मुसुक्क हास्नुस् !
प्रकाशित मिति: 26 August, 2019 4:33 am
सारै दु:ख लाग्छ, जब गुरुले तीम्रो र तिम्रो पछाडी बस्नेको उत्तर कसरी एउटै भयो भनेर सोध्छन् ।
‘मननमनै भन्छु, बेकुफ मास्टर तिमीले प्रश्न पनि त एउटै दिएका थियौ नि !’
सन्तले ५ मिटर लामो पाइप जोडेर हुक्का तानिरहेको देखेपछी…
अष्ट : ‘के हो सन्त, यति लामो पाइफ किन प्रयोग गरेको ?’
सन्त : ‘पहिला त १ मीटरकै प्रयोग गर्थें, डाक्टरले तम्वाखु देखि टाढै रहनुस् भनेदेखि तार लामो प्रयोग गर्न थालेको ।’
बाबु : छोरा, मलाई धेरै टाउको दुख्यो । पल्लोघरबाट भिक्स मागेर ल्याउ है ।
छोरा : म त जान्न, दिंदैनन् ।
बाबु : ‘भैगो त्यो लोभिकोमा नजाऊ । बरु भित्र मेरो निराने मुनि लुकाएको छु । लिएर आउ !’
शिक्षक : ‘सनत, हरियो साग तरकारी खाँदा आँखाको ज्योती बढ्ने कुराको कसरी पुस्टि गर्छौ ?’
सनत : ‘सर, आजसम्म कतै पनि गाईबस्तुले चस्मा लगाएको देख्नु परेकै छैन !’