तपाईंको मन हँसाउने ३ चुट्किला
प्रकाशित मिति: 25 August, 2019 2:51 am
बन्ध्याकरण सम्वन्धि एउटा सभामा…
विचार प्रस्तोता : नेपालमा सरदर एउटी आमाले प्रत्येक ५ मिनेटमा एउटा बच्चा जन्माउछिन् । यस्तो समस्याको कसरी रोकथाम गर्ने हो ?
भिंडबाट एकजना युवा : सबै भन्दा पहिला ति आमाको खोजि गर्नु पर्छ !
राजु : ‘बाबा, मेक्डनाल्ड जाउँ न, पिजा खान मन लाग्यो ।’
हरिसर : ‘हुन्छ जाउँला, तर मेक्डनाल्डको स्पेलिङ्ग त भन ।’
राजु : ( केहिबेर सोचेपछि ) ‘ँभैगो बाबा, के. एफ. सि जाउँ !’
शिक्षक : ‘रोहन, कस्तो मान्छेलाई उसको मृत्युपछि पनि पटक पटक सम्झना गरिन्छ ?’
रोहन : त्यो त्यस्तो मान्छे हो, जसले अर्काको ऋण नतिरि मरेको होस् !