डाक्टर सँगै रक्सी माग्ने विरामी !
प्रकाशित मिति: 20 August, 2019 3:46 am
दिमाग बिग्रिएको छोरा सिलिङमा झुण्डिदै देखेपछि…
बाबु : ‘किन सिलिङमा झुण्डिएको यसरी ?’
छोरा : ‘म एउटा बल्व हुँ, उज्यालो दिन झुण्डिएको !’
बाबु : ( रिसाउँदै) ‘अनि बलेको खै त ?’
छोरा : ‘ऐले लाइट गएको छ क्या !’
सिजन : ‘तैंले आज डाक्टरकोमा जान्छु भनेको हैन ?’
राजन : ‘हो नि, तर आज स्वास्थ्य त्यति ठिक छैन, भोलि जान्छु !’
डाक्टर : ‘भन्नुस, के समस्या छ ?’
विरामी : ‘पेट र छाती दुख्छ डाक्टर सा’ब !’
डाक्टर : ‘रक्सी खानु हुन्छ ?’
विरामी : ‘हुन्छ डाक्टर सा’व, तर सानो पेग !’