थर्ममिटर नै एउटा अचुक औषधि !
प्रकाशित मिति: 19 August, 2019 3:36 am
‘तिमी किन यति धेरै तनावमा छ्यौ मिरा ?’
मिरा : ‘हेर न, मैले मेरो ब्वायफ्रेण्डलाई २ वटा टेडी बियर उपहार दिएकि थिएँ ।’
रमा : ‘यसमा तनाव हुनु पर्ने कारण नै के छ र ?’
मिरा : ‘उनकी ममीले दुइ वटै डलको रुवा निकालेर तकिया बनाईछिन् !’
विनोद : ‘के तिमी यो फेसबुको सहयोगले पैसा कमाउन चाहन्छ्यौ ?’
जुनु : ‘आहा ! अवश्य चाहन्छु ।’
विनोद : ‘त्यसोभए फेसबुक आइ डी बन्द गरेल ब्यापारमा
लाग !’
करिना र उनका पति डाक्टरकोमा गएपछि…..
डाक्टरले करिनाको मुखमा थर्मामिटर राखेर एकछिन मुख बन्द गर्न भने ।
निकै समय श्रीमति चुपचाप बस्न सकेको देखेपछि उनका पतीले डाक्टरलाई सोधे – डाक्टर सा’ब, यो औषधी त अचुक रहेछ, कति पैसामा आउँछ ?’