प्रेमिकालाई माछाको चारो खुवाउने प्रेमी !
प्रकाशित मिति: 13 August, 2019 3:09 am
शिक्षक : ‘रोहन, कविता र निवन्धमा के फरक ?’
रोहन : ‘प्रेमिकाको मुखबाट निस्कने एउटा शब्द पनि कविता बन्छ, त्यहि शब्द पत्नीको मुखबाट निस्कियो भने निवन्ध बराबर हुन्छ सर !’
शिक्षक : ( गला अवरुद्ध हुँदै ) ‘स्यावास, म यस्तै कविता र निवन्धको दोसाँधमा छु बाबु ! तिमी आजबाट कक्षाको मनिटर भयौ !’
पत्नी : ‘विवाह नगरुन्जेल उपहार खन्याउनु हुन्थ्यो, ऐले त मैले कन्याउँदा पनि मतलव छैन किन ?’
पति : ‘माछालाई चारो बल्छीमा नपरुन्जेल मात्र हालिन्छ नि प्रिया !’