आहा, कति सस्तो प्याज !
प्रकाशित मिति: 4 August, 2019 2:57 am
उषा गिफ्ट किन्न पसलमा गइन् । धेरै चिज हेरेपछी.. उषा : ‘साहुजी यो तर्साउने जस्तो डलको दाम कती ?’ साहुजी : यो तर्साउने डल होइन बैनी ! उषा : ‘के हो त साहुजी ?’ साहुजी : ‘यो त ऐना हो, त्यो तर्साउने जस्तो त तिम्रै अनुहार देखिएको क्या !’ सन्ते : (आइतेसँग) ‘आईते, आज मैलै २ रुपैयाँमा ३ दाना प्याज ल्याएँ यार !’ आईते : ‘क्या सस्तो ! तर कसरी पाइस भन त् ?’ सन्ते : ‘एक दानो मैले किने, अर्को टिपेर हिंडे, साहुले देखेर प्याजले नै हिर्कायो, त्यो पनि टिपें !’ सीला : (सोहनासँग) ‘मेरो श्रीमान साह्रै भद्र हुनुहुन्छ, परस्त्रीसँग सिधा नजरले कुरा पनि गर्नु हुन्न ।’ सोहना : ‘छ्या ! तिम्रो श्रीमान के भद्र, मेरो श्रीमानले त मेरै अनुहारमा कहिल्यै हेर्नुहुन्न !’
|
|