पार्कमा ज्युँदाे भगवान !
प्रकाशित मिति: 21 July, 2019 4:48 am
धेरै पछि पार्कमा घुम्न गएको बेला रोहनले पत्नी चम्पालाई भन्छ…
रोहन : ‘चम्पा, आजभोली मान्छेहरु मलाई भगवान मान्न थालेछन् यार !’
चम्पा : ‘कसरी थाहा पाउनु भयो ?’
रोहन : ‘अहिले मलाई हेरेर एकजनाले भनिहाल्यो – ‘हे भगवान यो फेरी आएछ !’
दुई जना सम्धी सत्यरस पिउन बसेपछि…
केटीको बाबु : ‘सम्धी, पानी कती हालौं ?’
केटाको बाबु : ‘पानी नहालौं सम्धी !’
केटीको बाबु : ‘किन र ?’
केटाको बाबु : ‘हाम्रोतिर छोरीको घरमा पानी खाने चलन छैन !’
रोमा : ‘डाक्टर सा’ब, मलाई डाइरिया भयो, जाँदा जाँदा हैरान भएँ ।’
डाक्टर : ‘कति पातलो गई रहेको छ ?’
: ‘खै कस्तो भनौं ! (अकमकाउदै) मानाैं, हजुरले कुल्ला गर्दा जति पातलो हुन्छ त्यति नै !’
फोटो साभार: सामाजिक सन्जालबाट