यस्तो साथी कसैलाई नपरोस् !
प्रकाशित मिति: 24 June, 2019 2:01 am
पति : ‘बच्चा रोइरहेको छ, गएर फकाउ ।’
पत्नी : ‘तपाईँले फकाए पनि हुन्छ नि ! मैले दाइजोमा ल्याएको होइन !’
पति : ‘के मैले चाही जन्तीसँगै लिएर आएको थिएँ र !’
राम : ( श्यामसँग) ‘तँलाई परिक्षामा के कुरामा दु:ख लाग्छ ?’
श्याम : ‘मलाई त प्रश्नपत्र लिएपछि पनि कलम टोकेर बस्नु पर्दा बहुत दु:ख लाग्छ ! तँलाई नि ?
राम : ‘मलाई त दु:ख त्यतिखेर लाग्छ, सँगैको साथीले उत्तर पुस्तिका थप्छ !’
डल्ले : ‘के छ यार तेरो खबर ?’
बिर्खे : ‘एकदम ठिक छ ।’
डल्ले : ‘पढाई लेखाई कस्तो चल्दैछ ?’
डल्ले : ‘साथी भएर साथीको जस्तो कुरा गर् न, गार्जेनजस्तो होइन क्या !’
ReplyForward
|