पुदिना नचिन्दा बाबु-छोरा नै घर निकाला !
प्रकाशित मिति: 8 June, 2019 5:37 am
रोहन : ‘तिम्रो आँखा किन सुन्निएको छ किरण आज ?’
किरण :‘हिंजो मेरी श्रीमतिको बर्थडेको केक लिन गएको थिएँ ।’
रोहन : ‘केक ल्याउने कुरा र आँखा सुन्निनुको प्रशंग अलि मिलेन नि !’
किरण : ‘उनको नाम तपस्या हो । तर, पसलेले Happy Birth Day ‘समस्या’ लेखेछ । उनि म सँग जिस्किइँन !’
बिरेन : ‘भोली ‘जु’ मा बाघ हेर्न जाउँ है धिरेन !’
धिरेन : ‘हुन्छ, तर म बुढी र सालीलाई पनि लिएर आउँछु ।’
बिरेन : लिएर आइज । यदि बुढी र साली दुबै बाघको खोरमा खसे भने तँ कसलाई बचाउँछस् ?’
धिरेन : ‘म त बाघै बचाउँछु यार, बाघकको सँख्या कति नै छ र नेपालमा !’
बाबु : ( छोरासँग रिसाउँदै) ‘तैले कहिल्यै ढंग पुर्याएर काम गरिनस् । पुदिना टिपेर ले है भनेको धनियाँ लिएर आएछ ।
तँलाई त घरबाट निकाल्नु पर्ने !’
छोरा : ‘हिंडनुस बाबा तपाईँ र म सँगै घरबाट निस्कौं !’
बाबु : ‘म किन निस्कनु ?’
छोरा : ‘आमाले भनेको यो मेथी रहेछ !’