मन हँसाउने तिन चुट्किला !
प्रकाशित मिति: 5 June, 2019 4:22 am
बिज्ञान शिक्षक : ‘रोहन, न्युटनको नियम के हो भन त ।’
रोहन : ‘पुरा त आउँदैन, अन्तिमको मात्र आउँछ सर !’
शिक्षक : ‘ल अन्तिमकै भए पनि भन त ।’
रोहन : ‘ यसलाई न्युटनको नियम भनिन्छ !’
डाक्टर : ‘सरी ! विरामीलाई एक घण्टा अघि ल्याई पुर्याउनु भएको भए बँचाउन सकिन्थ्यो !’
चेतन : ‘डाक्टर सा’ब , १० मिनेट अगाडी मात्र दुर्घटना भएको हो, एक घण्टा अघि कसरी ल्याउँनु ?’
सीताले काजु खाइरहेको देखेर उनका पति रामले भने….
राम : ‘मलाई पनि टेष्ट गराउ न ।’
सीताले एउटा गेडो काजु दिएपछि…
राम : ‘एउटा मात्रै ?’
सीता : ‘सबैको स्वाद उस्तै नै हो हजुर !’