साडी किन्दा खुशी सित्थैमा !
प्रकाशित मिति: 27 May, 2019 2:57 am
छोरो : ‘मम्मी पख्नु न, म एक दिन ठुलो मान्छे हुन्छु र तपाईँको लागि के के किनिदिन्छु, के के किनिदिन्छु !’ आमा : ‘हुन्छ हुन्छ । जाउ त पहिला राम्ररी सिँगान पुछेर आउ !’ पत्नी : ‘हजुर कहाँ होइसिन्छ ?’ पति : ‘बाइक एक्सिडेण्ड भएर अस्पताल जाँदैछु ।’ पत्नी : ‘ल हेर ! अनि बाइक त ठिक छ नि ?’ पति : ‘बाइक त ठिक छ, मेरो घुँडो मात्र खुस्कियो !’ पत्नी : ‘ए ठिक छ, आउँदा एक केजी चिकेन चाँहि ल्याउन नभुल्नु नि !’ रोहन : (कमलसँग) ‘तँ हिजो अली स्याड देखिन्थिस्, आज त खुशी छस्, किन ?’ कमल : ‘हिजो मेरी बुढीले साडी किन्न ५००० मागेकी थिइँन ।’ रोहन : ‘अनि आज किन खुशी त ?’ कमल : मेरी बुढी हिजो किनेको साडी लगाएर तेरी बुढी भेट्न आएकी छे । त्यसैले… तस्वीर:साभार सामाजिक सन्जाल
|
|