छोरी माग्दा फोटो मात्र लैजाने अनुमति !
प्रकाशित मिति: 26 May, 2019 3:18 am
न्यायधिश : ‘तपाईं तेश्रो पटक यो अदालतमा आउनु भएको छ, तपाईलाई लाज लाग्दैन ?’
अभियुक्त : ‘तपाईं दैनिक आउनु हुन्छ, तपाईँलाई लाज नलाग्ने मलाई किन लाग्ने !’
रोहन : ‘म हजुरकी छोरीको हात माग्न आएको अंकल ।’
केटीका बाबु : ‘हात काट्न मिल्दैन, फोटो खिचेर लैजाउ तर हातको मात्र !’
उदय : अंकम म हजुरकी छोरी माग्न आएको हुँ ।
केटीका बाबु : ‘महीनामा कति कमाउछौ त ।’
उदय : ‘१८००० हजार कमाउछु, अंकल ।’
केटीका बाबु : ‘मासिक १५००० त मैले उनलाई पकेटमनी नै दिने गरेको छु ।’
रोहन : ‘मैले त्यो समेत जोडेर भनेको हजुर !’
छात्रा : ‘हेरन, मैले फेल गरें भने बुबाले मेरो विहे कुनै रेक्सावालासंग गर्दिनु हुन्छ रे ।’
छात्र : ‘वाह ! क्या मज्जा भयो, मैले पनि फेलगरें भने रिक्सा किनिदिनु हुन्छ रे !’