बाबुआमा लुटिने, छोराछोरी कुटिने ठाउँ !
प्रकाशित मिति: 12 May, 2019 4:48 am
शिक्षक : रोहन,बोर्डिङ स्कुल के हो , भन त ?
रोहन : ‘बोर्डिङ स्कुल त्यो स्थान हो, जहा बाबुआमा लुटिन्छन्, छोराछोरी कुटिन्छन !’
शिक्षक : ‘रोहन, पास टेंस र फ्युचर टेंसको बारेमा बुझ्ने गरि केहि भन त !’
रोहन : ‘एउटी सुन्दर युवती र एक बृद्धको भेट भए पछि, बृद्ध पास्ट देखेर टेंस भए युवती फ्युचर देखेर टेंस भइन सर !’
पति : (पत्नीसँग) ‘तिमी सधैं बोल्दाखेरी मेरो मेरो भनिरहन्छ्यौ, यो राम्रो भएन, हाम्रो भन्ने गर !’
पत्नी : ‘कतै भेटिन्न त, झत्तो पनि !’
पति : ‘के हरायो तिम्रो हँ ?’
पत्नी : ‘मेरो हैन हजुर, हाम्रो पेटीकोट हरायो !’