सत्ता पक्ष प्रतिपक्ष दोहरी ब्याटल….
प्रकाशित मिति: 1 May, 2019 3:34 am
प्रतिपक्ष र सत्तापक्षको दोहोरी चलिरहेको छ । एकले अर्कालाई भाका हाली रहेकाछन् । खोजिखोजि जवाफ फर्काइ रहेकाछन् ।
प्रतिपक्ष भन्छ – यो सरकारले ५ बर्ष खाने भयो, त्यसैले निरंकुश शासनमा जाने भयो । चुनावी भाषणमा आश्वासन बाँड्यो, एक बर्ष बित्दा के खालो सार्यो ! कुरा गर्ने सरकार सदाचारको, देशैभर हल्ला भ्रष्टाचारको ! बिरोधि स्वरहरु हुदैछन सफल, यो सरकार बन्यो पुर्ण त असफल
फोटो साभार:सामाजिक सन्जाल
सरकार जवाफ फर्काउँछ – २० बर्ष तिमीले खाएकै हो । जितेर हामी आएकै हो । भ्रष्टाचार भएको पहिले हो । छानविन गर्या ऐले हो । दोषको भागि तिमी छौ । सुरुवात गर्ने आफैं नै हौ ।
वाइडबडी मुद्दा सनसनी, देउवालाई ज्वरो हनहनी ! बालुवाटार मुद्दा रनक्क, तानियौ तिमी नि तनक्क !
हिजो चाँहि रामराज्य कहाँ थियो ! आज त्यो छिन्मै सिद्दियोस् !
हिजो पोखेका थियौ, आज उठायौं, लडाएका थियौ, ठड्यायौं । च्यातेको ठाउँमा सिलायौं । नमिल्या कानून मिलायौं । ताना र बाना मिलाउँदै, एक बर्ष त्यसै बिताउँदै । ४ बर्ष बाँकी छ काम गर्न आखिर हामीले जितेकै हो ।
अब सानो ब्रेक ।ब्रेक पछि फेरि भेटौला ।