अकबरे लेखक !
प्रकाशित मिति: 1 May, 2019 3:12 am
टिचर : ‘रोहन, तिम्रो कपी अलि छोपेर लेख, पछाडीकोले सार्दैछ।’ रोहन : ‘सार्न दिनुस् सर ! कक्षामा म एक्लै फेल हुन चाहन्न !’ आमा : ‘किन रूँदै आयौ छोरा ?’ छोरा : ‘सरले कुट्नु भयो मम्मी !’ आमा : ‘केही गल्ती गर्यौ होला नि त !’ छोरा : ‘केही गल्ती गरेकै छैन, म त निदाई रहेकाे थिएँ !’ एउटा बच्चाले मलाई भन्यो – ‘तपाईँले लेखेको पुस्तक मैले पढें । ठ्याक्कै अकबरकै जस्तो लेखाईँ रहेछ ।’ मैले जवाफ दिएँ – ‘खासमा अकबर लेख्नै जान्दैनथे ।’ बच्चा : ‘हो, त्यसैले त मैले भनेको हो ।’
|
|