नाटक गरेर कैदी यसरि टाप कसे !
प्रकाशित मिति: 21 April, 2019 2:31 am
पत्नी : (पतिसँग) ‘झ्यालमा आजै पर्दा हालिदिनुस न् ?’
पति : ‘आजै किन ?’
पत्नी : ‘त्यो नयाँ छिमेकीले एकोहोरो हेरिरहन्छ !’
पति : ‘आज मजाले हेर्न देऊउ न, फेरि कहिल्यै कहिल्यै हेर्दैन !’
आमा : (सानी छोरीसँग) ‘जाउ त बत्ती बाल ।’
छोरी : ‘हस्, मम्मी ।’
आमा : (केहिबेरपछि) छोरी, बाल्यौ त बत्ति ?
छोरी : ‘अघि नै अँगेनामा हालेको, अब त बालेर पनि सकियो होला मम्मी !’
सिपाहीं : ‘सर आज राती कैदीहरुले ‘रामायण’ नामको नाटक खेलेका थिए ।’
इन्सपेक्टर : ‘यो त राम्रो कुरा हो, किन हैरान हुने ?’
सिपाहीं : ‘त्यो त ठिक हो सर, तर हनुमान बनेर संजिवनी लिन गएको कैदी अझै आएको छैन !’