झिंँगाको भाले र पोथी छुट्याउने तरिका जान्नुस…
प्रकाशित मिति: 14 April, 2019 3:56 am
टिचर : सागर, तिमीसँग एउटा ढाकीमा ५० दाना स्याउ थिए । २० दाना मैले र ३० दाना म्याथ टिचरले लगे भने तिमीसँग के रह्यो ?
सागर : ‘म सँग थोत्रे ढाकी सर !’
इन्जिनियर : डाक्टर, यसलाई मैले बाटोमा बेहोस् भेटें, हेर्नुस् त !
डाक्टर : सरी, यसलाई बचाउन सकिंदैन ।
इन्जिनियर : डाक्टर, एक पटक रिचार्ज गरेर हेर्नुस् न !
साली र भिनाजुकोफोन बार्ता…
साली : के गर्दै हुनुहुन्छ भिनाजु ?
भिनाजु : ‘झिंँगा मार्दै छु !’
साली : ‘कति मार्नु भयो त ?’
भिनाजु : ‘५ वटा मारें, ३ भाले, २ पोथी !’
साली : ‘हा हा हा, कसरी पत्ता लगाउनु भयो, भाले र पोथी ?’
भिनाजु : ‘ह्युस्कीको बोतलमा टाँसिएका भाले, टेलिभिजनमा टाँसिएका पोथी !’